काठमाडौं : अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि गोखाली रग्वी क्लब कोटेश्वरले जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको महिलातर्फ गोर्खाली रग्वी क्लबले जितको हो।
पहिलोपटक भएको क्लबस्तरिय रग्वीको फाइनलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी क्लबलाई २०—१७ स्कोरले हराउदै उपाधि हात पार्यो। काठमाडौँले शुरुआती अग्रता बनाएपनि लय गुमाउँदा उपाधिबाट वन्चित भयो । नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो। नेपाल वुमन्स रग्वीले १० स्कोर बनायो।
महिलातर्फ गोर्खाली सिर्जना राईले सर्बाधिक २० स्कोर गरिन्। उत्कृष्ट खेलाडी काठमाडौंकी मनीषा थापा मगर भइन्।
पुरुषतर्फ नेपाल आर्मी टिम र गोर्खाली रग्वी क्लब फाइनलमा प्रवेश गरेका छन्। मंगलबार समय अभावका कारण पुरुषतर्फको फाइनलमा बुधबार दुवै टिमले प्रतिस्पर्धा गर्ने महासचिव चेतनराज गीरीले बताए।
आर्मी सेमिफाइनलमा निजगढ रग्वी क्लबबाट वाक ओभर पाउँदै फाइनलमा स्थान बनाएको थियो भने गोर्खालीले काभ्रे क्लबलाई सेमिफाइलमा पराजित गरेको थियो। काभ्रे क्लब स्कोरको आधारमा तेस्रो हुन सफल भयो।
लिगकम नकआउटका आधारमा सञ्चालन भएका प्रतियोगितामा महिलतर्फ चार टिम र पुरुषमा ७ टिमको सहभागीता रहेको थियो।
महिलातर्फको विजेताले ट्रफी तथा मेडल र दोस्रो हुने टिमले मेडल प्राप्त गरे।