PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

​प्रिमियर लिग : आर्सनलले शीर्ष स्थानमा उक्लने मौका गुमायो, अग्रता लिएर पनि एभरटनसँग पराजित



पहिलोपोस्ट

​प्रिमियर लिग : आर्सनलले शीर्ष स्थानमा उक्लने मौका गुमायो, अग्रता लिएर पनि एभरटनसँग पराजित

आर्सनलले प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उकलने मौका गुमाएको छ। मंगलबार भएको खेलमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्सनल एभरटनसँग २-१ ले पराजित भयो।

खेलको २० औं मिनेटमै एलेक्सिस सानचेजले गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ सकिन एक मिनेट अगाडी एभरटनका सेमस कोलमनले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे।

एभरटनलाई घरेलु मैदानमा कमब्याक भिक्ट्री दिलाउन दोस्रो हाफमा एस्ले विलियम्सले निर्णायक गोल गरे। विलियम्सले खेल सकिन ४ मिनेट मात्र बाँकी रहँदा हेडमार्फत वियजी गोल गरेका हुन्। 

इन्जुरी टाइको तेस्रो मिनेटमा एभरटनका फिल जगेइल्काले दोहोरो पहेँको कार्डको सामना गरेका थिए। 

जितसँगै एभरटन १६ खेलबाट २३ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ। आर्सनलले भने १६ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको चेल्सी ३७ अंकका साथ शीर्ष स्थानमा कायम छ। 

तेस्रो स्थानमा रहेको लिभरपुलको ३१ अंक रहेको र जितेपनि आर्सनल समान अंक हुने भएकाले विहिबार सण्डरल्याण्ड विरुद्ध खेल्दा चेल्सीलाई शीर्ष स्थानमा ६ अंकका अग्रता बनाउने मौका समेत हुनेछ।

मंगलबारै भएको लिगको अर्को खेलमा एएफसी बर्नमाउथले साविक विजेता लेस्टर सिटीलाई १-० ले हराएको छ। यस सिजन लेस्टरको यो आठौं हार हो भने बर्नमाउथको छैटौं जित हो। बर्नमाउथलाई जित दिलाउन ३४ औं मिनेटमा मार्क पुघले निर्णायक गोल गरे। 

जितपछि १६ खेलबाट २१ अंक जोडेको बर्नमाउथ आठौं स्थानमा उकलेको छ। १६ खेलबाट १६ अंक मात्र रहेको लेस्टर चौधौँ स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell