रामेछाप : रामेछापमा गएराति टिपर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
रामेछापको खाँडादेवी गाविस- १ चोप्राङमा बा २ ख ६८८८ नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक तातोपानीका कुमार विक, सर्लाहीका विकास पौडेल, सिन्धुली कपिलकोटका रुपेश भण्डारी र ललितपुर चापागाउँका किरण डाँगी छन्।
टिपर चालक विकसहित तीन जनाको घटनास्थलमै र डाँगीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक प्रेम जोशीले जानकारी दिए। ब्याक गर्ने क्रममा राति साढे ८ बजेतिर सो टिपर सडकबाट खसेको जोशीले बताए।