PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु, चिसो बढेसँगै तराईको जीवन कष्टकर



पहिलोपोस्ट

वीरगन्ज : केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ।  
 
अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने रिक्सावाला, मजदुरहरु प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबाली समेत नष्ट भएको छ। चिसोकै कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ। मानिस घरभित्रै बस्न बाध्य भएका छन् भने सबभन्दा बढी वृद्धवृद्धा र बालबच्चा प्रभावित भएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell