PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

घरबाट हिँडेका स्रोतव्यक्तिको बाटैमा रहस्यमय मृत्यु



पहिलोपोस्ट

बैतडी : दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको हिँड्दाहिँड्दै अकस्मात् मृत्यु भएको छ।
 
मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा मंगलबार उनको मृत्यु भएको हो। ‘विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धाराछेउमा मृत भेटिएका हुन्,’ चन्दले भने।
 
हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। जिल्ला अस्पताल दार्चुलामा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकिएको छ। धामी दार्चुलाको मालिकार्जुन र गोकुलेश्वर स्रोतकेन्द्रका स्रोतव्यक्ति थिए।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell