PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाउने इयुको अडान कायमै, ब्ल्याक लिस्टमा कुनकुन?



उमेश पौडेल

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाउने इयुको अडान कायमै, ब्ल्याक लिस्टमा कुनकुन?

काठमाडौं : युरोपेली युनियन (इयु) ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाउने निर्णय गरेको छ। नेपालले तीन वर्षदेखि कालोसूचीबाट हट्न गरेको प्रयास असफल भएको हो।
 
इयुले नेपाली हवार्इ उड्ययन कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेको जनाउँदै कालोसूचीलार्इ निरन्तरता दिएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ३९औं महासभामा सहभागी भएपछि पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले इयुले कालोसूचीमा राख्ने निर्णयमा पुनर्विचार गर्ने दाबी गरेका थिए।
 
अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संगठन (आइकाओ) ले नौ महिनामा कालोसूचीबाट हट्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलार्इ दिइसकेको दाबी समेत गरिएको थियो। मन्त्रीको दाबीविपरीत इयुले नेपाललार्इ निरन्तर कालोसूचीमा राख्ने निर्णय गरेको हो। यो निर्णयसँगै नेपालको हवार्इ कम्पनीले युरोपेली मुलुकमा उडान भर्न पाउँदैन। नेपाल वायु सेवा निगमको सेवामा पनि असर पर्नेछ।
 
नयाँ जहाज आएपछि लण्डन र फ्र्यांकफर्ट सिधा उडान गर्ने निगमको तयारी छ। इयुले उसका सदस्य देशहरुका सुरक्षा समितिमा छलफलपछि यो निर्णय गरेको जनाएको छ। सो समितिले गएको महिना छलफल गरेको थियो।
 
इयुको कालोसूचीमा एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स परेका छन्।
 
इयुले नेपालसहित अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइबेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराक लगायतका देशहरुलाई कालोसूचीमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell