PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

संशोधन विधेयक फिर्ताको अडानसहित किन बिजुक्छेकहाँ पुगे एमाले अध्यक्ष ओली?



पहिलोपोस्ट

संशोधन विधेयक फिर्ताको अडानसहित किन बिजुक्छेकहाँ पुगे एमाले अध्यक्ष ओली?

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने आफ्नो बटमलाइन कायम रहेको बताएका छन्।
 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न भक्तपुरस्थित उनकै निवास पुगेका ओलीले संविधान संशोधन विधेयक फिर्ता हुनुपर्ने अडानमा यथावत् रहेको जानकारी बिजुक्छेलाई गराएका हुन्।
 
प्रमुख तीन दलसँग मंगलबार भएको बैठकमा निर्वाचनको मिति घोषणा गर्ने र विधेयक अगाडि बढाउने सर्तमा विधेयक 'होल्ड'मा राख्न ओली सहमत भएको समाचार सार्वजनिक भएको थियो।
 
भेटमा सहभागी नेमकिपाका सांसद प्रेम सुवालले 'होल्ड'मा नभई फिर्ता लिनुपर्ने अडानमा दुवै अध्यक्ष सहमत रहेको जानकारी दिए।
 
भेटमा सहभागी एमाले नेता अग्नि खरेलले भने अहिले नेमकिपा र नेकपा एमाले संविधान संशोधनको विषयमा साझा ठाउँमा उभिएकाले साझा धारणा निर्माणमै छलफल केन्द्रित भएको बताएका छन्। 'मुलुकको हितविपरीत नहुने गरी विषय अगाडि लैजानुपर्छ भन्ने कुराकानी भयो', खरेलले भने, 'अहिले संविधान संशोधनले देश र जनताको हित गर्दैन। अरु पनि राजनीतिक दलहरुको बीचमा एकताबद्ध बनाएर सोच्नुपर्छ र अगाडि बढाउनुपर्छ।'
 
संशोधन 'होल्ड' गर्दा भविष्यमा पनि समस्या आउन सक्नेप्रति दुवै नेता सचेत रहेको जानकारी दिँदै खरेलले फिर्ता लिएर अगाडि बढ्नुपर्ने धारणा अध्यक्षको रहेको बताए। फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell