काठमाडौं : 'लुट टू'को ठमेल बजार गीतको भिडियोबाट चर्चामा आएकी मोडल एलिशा राई नयाँ गीतको भिडियोमा देखिएकी छिन्। गायक पवन थिङको एल्बम ‘साइनो’मा समावेश नेपाली लोक पप शैलीको ‘साइनो’ को म्युजिक भिडियोमा पनि उनी देखिएकी छिन्।
प्रिमियर समारोहमा गायक थिङले पश्चिम नेपालको लोकलयमा आधारित साइनो गीतको भिडियो सार्वजनिक गरेका हुन्।
प्रिमियर गरिएको गीतमा गायक थिङकै शब्द समावेश छ भने प्रेम गुरुङले यो गीतलाई संगीत दिएका छन्। फणिन्द्र राई गीतका संगीत संयोजक हुन्। निकेश खड्काद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक थिङ आफैंले अभिनय गरेका छन्। उनलाई एलिशाले साथ दिएकी हुन्।
अर्जुन तिवारीले छायांकन गरेको भिडियोमा धुलिखेलमा खिचिएको हो।
भिडियो प्रिमियर समारोहमा सञ्चारकर्मी भरत शाक्यले गायक थिङको गायकी, अभिनय तथा म्युजिक भिडियोको प्रसंसा गरे। गीतकार किशोर घिमिरेले गीतको शब्द तथा सांगीतिक पक्षको चर्चा गरेका थिए।