PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

चित्त नबुझ्दा नबुझ्दै संशोधन प्रस्ताव पेस गरिएको हो : परराष्ट्रमन्त्री महत



पहिलोपोस्ट

चित्त नबुझ्दा नबुझ्दै संशोधन प्रस्ताव पेस गरिएको हो : परराष्ट्रमन्त्री महत

चितवन : परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई एमाले लगायतका विपक्षी दलले देश नै विखण्डनतर्फ जाने गरी अतिरञ्जिन गरेको बताएका छन्।
 
पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेसले तत्कालीन लाभलाई थाती राखेर मुलुकलाई निकास दिनका लागि संशोधन प्रस्तावलाई समर्थन गरेको बताए। ‘चित्त नबुझ्दा नबुझ्दै पनि देशले निकास पाउँछ, मधेस आन्दोलन रोकिन्छ भनेर संशोधन प्रस्ताव पेस गरिएको हो,’ उनले भने।
 
संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएको भन्दै मन्त्री महतले संशोधन प्रस्तावसँगै सबै दल एक हुन्छन् भन्ने अभिप्रायका साथ पेस भएको भए पनि यसको आशय उल्टाउने काम भएको बताए।
 
देशलाई नै असहज हुने गरी आन्तरिक राजनीतिलाई दलीय स्वार्थमा जोडेर अतिरञ्जिन बनाइएको चर्चागर्दै उनले संविधान संशोधनका विषयमा कांग्रेसभित्र पदाधिकारी तह र केन्द्रीय समितिमा सैद्धान्तिक छलफल भए पनि बुँदागत रुपमा भने छलफल नभएको भनाइ राखे।
 
सीमाङ्कनका विषयमा देशव्यापी गुनासो रहेकाले यसलाई टुङ्ग्याएर मात्रै पुरानै संरचनामा निर्वाचन गर्नु उपयुक्त हुने उनको भनाइ थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell