PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पुनर्संरचना आयोगका सदस्य सिंहले २ नम्बर प्रदेश-संयोजकबाट दिए राजीनामा



पहिलोपोस्ट

पुनर्संरचना आयोगका सदस्य सिंहले २ नम्बर प्रदेश-संयोजकबाट दिए राजीनामा

काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगका सदस्य सुनीलरञ्जन सिंहले २ नम्बर प्रदेशको संयोजक पदबाट राजीनामा दिएका छन्।
 
प्रदेशको जिल्ला-जिल्लामा गएर राजनीतिक दलहरुबीच स्थानीय तह पुनर्संरचना गराउने कार्यमा अत्यधिक प्रयास गर्दा पनि सम्भव नभएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
 
२ नम्बर प्रदेशका सांसदहरुसँग स्थानीय तहको खाकामाथि छलफल हुँदा समेत दलबीचमै सहमति हुन नसकेको सिंहको भनाइ छ। ‘स्थानीय तह पुनर्संरचनाको कार्य प्राविधिक समितिले मात्र नेपाल सरकारद्वारा उपलब्ध गराइएको मापदण्डमा रहेर गर्न नक्ने र तत्कालै राजनीतिक सहमति समेत हुन नसकेको अवस्थामा संयोजक पदमा रही कार्य गरिरहन उचित र उपयुक्त नठानेकाले संयोजकबाट नैतिकताको आधारमा राजीनामा पेश गर्दछु,’ उनले राजीनामापत्रमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell