PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्री भन्छन्- 'संशोधन प्रस्ताव फिर्ता हुँदैन तर निर्वाचन मिति चाँडै घोषणा'



पहिलोपोस्ट

प्रधानमन्त्री भन्छन्- 'संशोधन प्रस्ताव फिर्ता हुँदैन तर निर्वाचन मिति चाँडै घोषणा'

लहान : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्।

प्रेस सेन्टर नेपाल सिरहाले लहानमा गरेको पत्रकार सम्मेलनमा उनले यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेकाले सहमतिमा छिट्टै मिति घोषणा हुने बताए।

प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। ‘सकेसम्म मधेस, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, मधेसी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनाई संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर सरकारको जोडबल छ,’ उनले भने, ‘संसद्मा दर्ता  गराएको संविधान संशोधन प्रस्ताव सरकारले कुनै पनि हालतमा फिर्ता लिँदैन तर त्यसमा सकारात्मक परिमार्जन भन्ने गर्न सकिन्छ।‘ 

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell