PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​फुटसल लिग : क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट हुने



पहिलोपोस्ट

काठमाडौं :  राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत शुक्रबारबाट क्वाटरफाइनल खेल सुरु हुने भएको छ। 

नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको लिगमा समूह ए बाट किकअफ फुटसल, बानेश्वर फुटसल रिक्रियसन सेन्टर, ढुकु फुटसल हव र ह्वाइट हर्स फुटसल अन्तिम आठमा पुग्न सफल भएका छन् भने समूह बी बाट शंखमूल फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल र ताहाचल फुटसल क्वाटरफाइनल पुगेका छन्।

क्वाटरफाइनलमा शंखमूलले ढुकु फुटसलसँग प्रतिस्पर्धा गर्नेछ भने सामाखुसीले ह्वाइट हर्स, कुमारीले किकअफ र ताहाचलले बानेश्वर फुटसलसँग प्रतिस्पर्धा गर्नेछन्। 

लिग चरण जस्तै क्वाटरफाइनलमा पनि होम एन्ड अवेका आधारमा कुल ८ खेल सञ्चालन हुनेछ। त्यसपछि सेमिफाइनलमा पनि होम एन्ड अवेका आधारमा ४ वटा खेल हुनेछ भने फाइनल खेल न्युट्रल भेन्युमा सञ्चालन हुने आयोजक एएमए इभेन्टका अध्यक्ष अशोक थापाले जानकारी दिए।

एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा असोज १० गतेदेखि सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको थियो।

लिगमा चौर रिक्रिएसन, ढुकु फुटसल, रजनी फुटसल, इम्पेरियल फुटसल, ह्वाइट हर्स फुटसल, बानेश्वर रिक्रिएसन, आदर्श फुटसल, किक अफ फुटसल, हरिसिद्धि फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल, हाइवे फुटसल, कीर्तिपुर फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र बिजी फुटसलको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell