PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : रत्नजित र शिक्षा क्वाटरफाइनलमा, रत्नजित र दिपेशको जोडी पनि अन्तिम आठमा



पहिलोपोस्ट

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : रत्नजित र शिक्षा क्वाटरफाइनलमा, रत्नजित र दिपेशको जोडी पनि अन्तिम आठमा

काठमाडौं : नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ राजधानीमा जारी नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको सिंगल्सतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। रत्नजित मेन्स सिगंल र शिक्षा वुमन्स सिंगलतर्फको खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। यस्तै रत्नजित र दिपेश धामीको जोडी मेन्स डबल्सतर्फको क्वाटरफाइनमा प्रवेश गरेका छन्। 

रत्नजितले भारतीय खेलाडी खेलाडी अमन कुमारलाई २१-१३, २१-१९ को सोझो सेटमा पराजित गरे। 

यता रत्नजित र दिपेशको जोडी बंगाली खेलाडी मोहम्मद अनामुल हक र मोअजाम होसेनलाई २-१ को सेटमा हराउँदै क्वाटरफाइनल पुगेका हुन्। पहिलो सेट १८-२१ ले हारे पनि घरेलु दर्शकको समर्थन पाएको रत्नजित र दिपेशले दोस्रो र तेस्रो सेट २१-१६ र २१-६ ले जितेका हुन्। 

मेन्स सिंगलतर्फनै नेपालका दिपेश धामी र बिष्णु कटवाल अन्तिम १६ बाटै बाहिरिएका छन्। दिपेश भियतनामी खेलाडी डुक पाट लेसँग २१-१३, २१-१२ को सेटमा पराजित भए भने बिष्णु भारतीय खेलाडी अभिषेक येलेगारसँग २१-१६, २१-११ को सेटमा पराजित भए।

वुमन्स सिंगलतर्फ शिक्षा श्रेष्ठ बंगाली खेलाडी एलिना सुल्तानलाई २-१ को सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेकी हुन्। प्रतिस्पर्धात्मक पहिलो सेट २२-२० ले जितेकी शिक्षाले दोस्रो सेट १९-२१ ले गुमाए पनि तेस्रो सेटमा पुनरागमन गर्दै २१-१७ ले आफ्नो पक्षमा पारिन्।

वुमन्स सिंगलतर्फ नै नेपालकी अमिता गिरी र नंगसल तामाङ अन्तिम १६ बाटै बाहिरिएका छन्। अमिता इरानी खेलाडी अघाइ सोरायासँग २१-६, २१-१३ ले पराजित भइन् भने नंगसल पाकिस्तानी खेलाडी महुर सहजादसँग २१-१८, २१-१९ ले पराजित भइन्।

मेन्स डबल्समा साजन कृष्ण ताम्राकार र सुदिप सेडाइँले पाकिस्तानी खेलाडी रिजवान अजाम र सुलेरी खासेफ अलीलाई वाकओभर दिए।
त्यसबाहेक इर्फान अन्सारी र सन्जिव खड्का, जोसेफ अधिकारी र सुमन लिम्बु तथा बिजित थापा मगर र बिष्णु कटवालको जोडी मेन्स डबल्सको पहिलो चरणबाटै बाहिरिएका छन्।

वुमन्स डबल्सतर्फ अमिता गिरी र शिक्षा श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका छन्। 

पुजा श्रेष्ठ र नंगसल तामाङ तथा शोभा गौचन र अनु माया राई बाई पाउँदै वुमन्स डबल्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell