PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

संशोधन प्रस्ताव असफल बनाएर देखाउन एमालेलाई कांग्रेस सभापति देउवाको चुनौती



पहिलोपोस्ट

संशोधन प्रस्ताव असफल बनाएर देखाउन एमालेलाई कांग्रेस सभापति देउवाको चुनौती

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताएका छन्।

नेपाल महिला सङ्घ केन्द्रीय समितिले आयोजना गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उनले यसबारेमा आफूले नेकपा (एमाले) का अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताए।

२०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीचमा सहमति गरेर अगाडि जानुपर्ने उनको भनाइ छ। ‘संविधानले पूर्णता नपाए देश दुर्घटनातर्फ जान सक्छ। गणतन्त्र कसैले खोस्न सक्छ,’ उनले भने, ‘स्थानीय निकायको चुनाव हुन्छ, हुन्छ, हुन्छ।‘ संविधान संशोधन प्रस्तावमार्फत् चित्त नबुझेकाको माग पूरा गरेर संविधान कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रस्ताव लगिएको उनले बताए।
 
संसद्मा लगेको प्रस्ताव पास हुने डरले एमालेले संसद् चल्न नदिएको आरोप लगाउँदै प्रस्ताव असफल बनाएर देखाउन चुनौती पनि दिए। ‘कुनै पनि हालतमा संसद् खोल्नुपर्छ, नखोले यसको सबै जिम्मेवारी एमालेको टाउकोमा आउँछ। यसको पूर्ण जिम्मेवार एमाले हुनुपर्छ,’ उनले भने।‘ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell