PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

'म यस्तो गीत गाउँछु'को युनिट फाइनल, माघबाट फ्लोरमा जाने निश्चित



पहिलोपोस्ट

'म यस्तो गीत गाउँछु'को युनिट फाइनल, माघबाट फ्लोरमा जाने निश्चित

काठमाडौं: फिल्म ‘म यस्तो गीत गाउँछु’को माघ २१ गतेबाट फ्लोरमा उत्रने भएको छ। फिल्मका लागि यूनिट फाइनल भए लगत्तै निर्माणपक्षले सुटिङ सुरु हुने मिती फाइनल गरेको हो।

लभस्टोरी जनराको फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको प्रमुख भूमिका रहनेछ। फिल्मलाई नायिका पूजाका प्रेमी सुदर्शन थापाले निर्देशन गर्न लागेका हुन्।

फिल्मका बारे बोल्दै पूजाले भनिन्,'मेरो भूमिका च्यालेन्जिङ छ तर सक्दो राम्रो गर्छु।'

सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कथा निर्देशक सुदर्शनकै रहनेछ। सुदर्शन थापानै निर्माता रहेको चलचित्रमा दिनेश न्यौपानेको पटकथा तथा संवाद रहने छ। चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अन्जु पन्त र अर्जुन पोखरलेको स्वर, कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

चलचित्रमा पूजा शर्मा, पल शाहको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell