PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

धनगढी प्रिमियर लिग चैत ५ देखि, विजेतालाई १५ लाख, पूर्ण रुपमा खेलाडी अक्सन हुने प्रतियोगितामा ६ टीम सहभागि हुने



पहिलोपोस्ट

धनगढी प्रिमियर लिग चैत ५ देखि, विजेतालाई १५ लाख, पूर्ण रुपमा खेलाडी अक्सन हुने प्रतियोगितामा ६ टीम सहभागि हुने

काठमाडौं : पूर्ण रुपमा अक्सनमा आधारित हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगिता हुने भएको छ। यसअघि देशकै सर्बाधिक ठुलो धनराशीको प्रतियोगिता होटल डिभोटी एसपीए कप र नेपालमै पहिलो पटक खेलाडी अक्सन प्रक्रियाद्वारा गरिएको धनगढी क्रिकेट लिगको मर्जर स्वरुप धनगढी प्रिमियर लिग आयोजना हुन लागेको हो।

धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत ५ गतेदेखि हुनेछ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेनल गर्दै प्रतियोगिताको नयाँ स्वरुप, खेलाडी अक्सन प्रक्रिया, खेलाडीले पाउने बेस अमाउण्ट, खेलाडी दर्ता गर्ने समय र स्थान, नगद पुरस्कार र लागत बजेटको बारेमा जानकारी गराएको हो।
 
कस्तो छ अक्सन प्रक्रिया ?
पूर्ण रुपमा अक्सनमा आधारित भएका कारण प्रतियोगितामा भाग लिने हरेक खेलाडीले आफ्नो नाम सुरुमा धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनु पर्नेछ। नाम दर्ता गर्ने खेलाडीले मात्र प्रतियोगिता खेल्न पाउनेछन्। नाम गर्ता गर्न खेलाडीहरुले विकेट नेपाल डट कम मार्फत अनलाइन फारम भर्न सक्ने समेत आयोजकले जनाएको छ। खेलाडीहरुको नाम दर्ता आजैको मिती मंसिर २९ गते सुरु भएको छ भने १५ गते अन्तिम मिती रहेको छ।

खेलाडीहरुको अक्सन प्रक्रिया पुस २३ गते गरिने आयोजक अध्यक्ष शाहीले बताए।

नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले पत्रकार सम्मेलनमै आफ्नो नाम दर्ता गराउँदै प्रतियोगिताको लागि नाम दर्ता गर्ने पहिलो खेलाडी बनेका छन्।

पारस खड्काले आगामी दिनमा यस्ता प्रकारका टुर्नामेन्ट हुनु जरुरी रहेको बताए। 'आज धनगढीले गरेको छ भोली सबैले टुर्नामेन्ट गर्ने हो भने वर्षको ६/७ टुर्नामेन्ट हुन्छ।' जसले घरेलु क्रिकेटको स्तर बढ्ने र राष्ट्रिय टीमका लागि पनि खेलाडीहरु उत्पादन भइरहेको खड्काले बताए।

'अहिले टी २० फर्म्याटमा खेल भइहरेको छ आगामी दिनमा यसको स्तर बडाउँदै अनय संरचनामा पनि टुर्नामेन्ट गराउनुपर्छ।'
'निरन्तर लागिरहेने हो भने प्रयास गर्दा सफल भइन्छ भन्ने उदाहरण सुवास शाही हुन्।' खड्काले भने।
 
प्रतियोगितामा भाग लिने टीमलाई देशभरीका विभिनन शहरबाट नामकरण गरिने र हालसम्म धनगढी, अत्तरिया, रुपन्देही र काठमाडौंका टीम तयार भएको छ। यसबाहेक विराटनगर, विरगन्ज र पोखरासँग पनि टीम बनाउनका लागि सकरात्मक कुरा भइरहेकोाहीले बताए। प्रतियोगितामा ६ शहरलाई प्रतिनिधितव गर्ने टीमको नाम, त्यसको मालिक र कप्तानको नाम पुस २१ गते नै सार्वजनिक गरिनेछ। ती टीमहरुले अक्सनमा पैसाको बोली लगाउँदै खेलाडीहरु आफ्नो टीममा भित्र्याउनेछन्।

प्रतियोगितामा दर्ता भएका खेलाडीहरुको बेस अमाउण्ट पनि तोकिएको छ। जसअनुरुप वर्तमान राष्ट्रिय खेलाडीको ५० हजार, यु १९ राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीको ३० हजार तथा अनक्याप्ड प्लेअर पूर्व यु १९ प्लेअरहरुको २० हजार रहेको छ।

हरेक टीममा १५ जना खेलाडी र एक प्रशिक्षक रहनेछ। यस्तै एक टीमले ३ विदेशी खेलाडी दर्ता गर्न पाउने र पहिलो राजाईम २ खेलाडीलाई खेलाउन पाउनेछन्।
 
कती छ पुरस्कार ?
प्रतियोगिताको विजेताले १५ लाख नगद पुरस्कार पाउनेछन् भने उपविजेताले ७ लाख प्राप्त गर्नेछन्। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीका अनुसार नेपाली क्रिकेटमा यो हालसम्मकै सबैभन्दा ठूलो धनराशीको पुरस्कार हो।

टी २० फर्म्याटमा खेलाइने प्रतियोगितामा कुल ६ टीमको सहभागिता रहनेछ। लिग चरणमा प्रत्येक टीमले अन्य टीमसँग एक एक खेल्नेछन् भने शीर्ष ४ मा रहने टोली प्लेअफमा पुग्नेछन्। लिगमा पहिलो र दोस्रो हुने टीमको विजेता फाइनल पुग्नेछ भने त्यसमा हार्ने टोलीले तेस्रो र चौथो हुनेको विजेतासँग फाइन प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्न पाउनेछ।

प्रतियोगिताको म्यान अफ दि सिरिजले एक थान मोटरसाइकल प्राप्त गर्नेछन भने हरके खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन्। पुरस्कारमा मात्र २८ लाख ५० हजार खर्च हुने प्रतियोगिताको कुल अनुमानित लागत १ करोड ६० लाख रहेको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

 
कहाँ बाट जुट्छ रकम ?
प्रतियोगिताका निर्देशक सुवास शाही जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै प्रतियोगिता गर्न चाहने हो भने पैसाको कुनै समस्या नहुने बताउँछन्। धनगढीमा क्रिकेटको लागि पैसा खर्च गर्ने मनहरु धेरै रहेको पनि उनले बताए।

धनगढी प्रिमियर लिगको लागि घोराही सिमेन्ट इण्डिष्ट्रिजको उत्पादन सगरमाथा सिमेन्टले टाइटल स्पोन्सर गरेको छ। बुधबारै धोराही सिमेन्टका निर्देशक सन्जय वंशल र सुवास शाहीले स्पोनिसरसिप पेपरमा हस्ताक्षर गरेका छन्। यसवापत धोराही सिमेन्टले आयोजकलाई १५ लाख उपलब्ध गराउनेछ।

यस्तै सहप्रायोजकका रुपमा रैका टुर्स एण्ड ट्राभल्स, होटल डिभोटी, बेल्स कयाफे, चौधरी बुक डिपो रहेका छन्। नेपाल पर्यट बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, धनगढी उपमहानगरपालिका, होटल व्यावसायी संघ कैलाली, जिलला विकास समिती कैलाली र क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल प्रमोटरका रुपमा रहेको आयोजकले बताएको छ।

प्रतियोगितामा दर्शकहरुको लागि ५० रुपैयाँको टिकदर तोकिएको छ। त्यसमा विद्यार्थीहरुलाई ४० प्रतिशत छुट दिइनेछ।

डीपीएल अ ट्रिबुट टु अर्जुन खड्का नाम दिइएको प्रतियोगितामा टीकटबाट उठेको रकमको २० प्रतिशत धनगढी एकेडेमीका दिवंगत पूर्वप्रशिक्षक उनै खड्काका छोरा छोराीको अध्ययनको लागि कोष खडा गर्न छुट्याइनेछ।

यस्तै धनगढीमा मोमो पसेले समेत प्रतियोगिताको लागि रकम उठाएर सहयोग गर्ने शाहीले बताए।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell