PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रथम बेसबल च्याम्पियनसिप शुक्रबारदेखि



पहिलोपोस्ट

काठमाडौं : नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा प्रथम राष्ट्रिय बेसबल च्याम्पियनसिप आगामी शुक्रबारदेखि लगनखेलस्थित सैनिक शारिरीक प्रशिक्षण तथा तालिम केन्द्रमा हुने भएको छ। 

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, पोखरा यती बेसबल क्लब, भक्तपुर बेसबल क्लब र गोर्खा बेसबल क्लब गरि ५ टिमको सहभागिता रहनेछ।

फेब्रुअरी १४ देखि मार्च ९ सम्म पाकिस्तानको ईस्लामाबादमा आयोजना हुने पश्चिम एशिया बेसबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिम छनोट प्रतियोगिता समेत रहेको संघका महासचिव दीपक न्यौपानेले जानकारी गराए। उक्त प्रतियोगितामा एसियाका ९ राष्ट्रको सहभागिता रहने समेत महासचिव न्यौपानेले जनाए। 

आइतबार सम्म चल्ले च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell