PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अर्थमन्त्रीसँग सुन छैन, अापूर्ति, उद्योग र भूमिसुधार मन्त्रीसँग सय तोला!



केपी ढुंगाना

अर्थमन्त्रीसँग सुन छैन, अापूर्ति, उद्योग र भूमिसुधार मन्त्रीसँग सय तोला!

काठमाडौँ : मन्त्रीपरिषद्को निर्णय अनुसार म‌ंगलवार प्रधानमन्त्रीदेखी मन्त्रीसम्मका सम्पत्ति विवरण सार्वजनिक भए । विवरणमा जग्गा नगद शेयरसँगै उनीहरुले गहनाको विवरण समेत उल्लेख गरेका छन् । गहनाको विवरण अनुसार अधिका‌‌सले त्यसको स्रोत पुर्ख्यौली रहेको दावी गरेका छन् । केहीको स्राेत दाइजो र उपहार उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण अनुसार उनीसँग जम्मा ३ तोला सुन छ । उनले त्यसको स्रोत पूर्खौली सम्पत्ति उल्लेख गरेका छन् । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र नीधिसँग ६० तोला सुन र १ सय ५० तोला चाँदी छ । उनले त्यसको स्रोत दाइजो पेवा र उपहार उल्लेख गरेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग गहनाको नाममा केही छैन । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग ५० तोला सुन र ५ सय २५ तोला चाँदी छ । उनले गहनाको स्रोत खुलाएका छैनन ।

भौतिक तथा पूर्वाधार मन्त्री रमेश लेखकसँग ३० तोला सुन ५० तोला चाँदी रहेको छ । सुनमध्ये २५ तोला पैतृक सम्पत्ति र ५ तोला पछी जोडेको उल्लेख गरेका छन् भने उनका अनुसार चाँदी सबै पैतृक सम्पत्ति हो ।

उर्जामन्त्री जर्नादन शर्माको २ तोला सुन र २० तोला चाँदी छ । यसको स्रोत पैतृक रहेको उनले उल्लेख गरेका छन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग ३० तोला सुन, १ सय ६० तोला चाँदी र केही हिराका गहना छन् । उनले यसको स्रोत विवाहमा उपहार पाएको उल्लेख गरेका छन् ।
स्वास्थ्य मन्त्री गगन थापासँग सुन १६ तोला, चाँदी २ सय तोला र हिराका केही गहना छ । यसको स्रोत दाइजो, पैतृक र स्वआर्जन रहेको उनको विवरणमा उल्लेख छ ।

रक्षामन्त्री बालकृष्ण खाँडसँग सुन ४० तोला र चाँदी ६० तोला छ । यसको स्रोत पैतृक उल्लेख गरेका छन् । आपुर्तीमन्त्री दिपक बोहारासँग १ सय २० तोला सुन, ३ सेट हिराको गहना र ५ सय तोला चाँदीका गहना छन् । सबैको स्रोतमा उनले पैतृक र जग्गाविक्रीबाट जोडेको उल्लेख गरेका छन् ।
श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङसँग ७५ तोला सुन, २ सय तोला चाँदी र २ सेट हिराको गहना छ । सम्पत्ति विवरण अनुसार यी सबै पैतृक सम्पत्ति हुन् । कृषीमन्त्री गौरीशंकर चौधरीसँग सुन ५ तोला र चाँदी १० तोला छ । यसको स्रोत खुलाएका छैनन् ।
खेलकुदमन्त्री दलजित विके श्रीपालीसँग गहना २ तोला सुन छ त्यो पनि विवाहमा आएको । भुमिसुधार मन्त्री बिक्रम पाण्डेसँग सुन सय तोला र  २ किलो चाँदी छ । यसको स्रोत पैतृक रहेको विवरणमा उल्लेख छ ।

जयदेव जोशीसँग २ सय ग्राम सुन र ५ सय ग्राम चाँदी छ । स्रोत कमाएर जोडेको उल्लेख छ । संघिय मामिला मन्त्री हितराज पाण्डेसँग करिव १० तोला सुन छ । स्रोत पैतृक जागिरे र पारिश्रमिक उल्लेख गरेका छन् ।

सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की १० तोला सुन छ त्यो आमाले दिएकी हुन् । शिक्षा मन्त्री धनिराम पौडेल ५ तोला सुन र ५ तोला चाँदी छ । स्रोत उपहार, दाइजो पैतृक सम्पत्ति उल्लेख गरेका छन् ।

कानुन मन्त्री अजयशंकर नायकसँग सुन १० तोला र चाँदी ४० तोला छ । उनले यसको स्रोत विहे र पुर्खौली सम्पत्ति उल्लेख गरेका छन् । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीसँग सुन ५० र चाँदी ५ सय तोला छ । उनका अनुसार यसको स्रोत पैतृक हो ।

वाणिज्य मन्त्री रोमी गौचन थकाली ७० तोला सुन, २ वटा मुगाको माला, कन्ठी २ वटा, हिराको गहना १० सेट, चाँदी ५ सय तोला छ  । यीमध्ये केही पैतृक केही खरिद गरेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

शान्ति तथा पुर्ननिर्माण सितादेवी यादवसँग सुन ५३ तोला र चाँदी १ सय ९२ तोला छ । उनीसँग ७ वटा हिराको औठी समेत छ । उनले यसको स्रोत पैतृक र माइतीले दिएको उल्लेख गरेकी छिन् ।

संस्कृती तथा पर्यटन मन्त्री जीवनबहादुर शाहीसँग ५७ तोला सुन १ किलो चाँदी छ । उनका अनुसार यसको स्रोत पुर्खौली र आफ्नो आम्दानी हो । सिचाइ मन्त्री दिपक गिरीसँग ५० तोला सुन , डेढ किलो चाँदी र ३ वटा हिराको सेट छ । यसको स्रोत उपहार र पैतृक हो ।

गहनामा उद्योगमन्त्री नविन्द्रराज जोशी धनी देखिए । उनको विवरण अनुसार सुनको गहना सय तोला, हिराको सेट २ वटा, हिराको औठी १६ वटा, हिराको टप ६ वटा, निलम र हिरा सेट १, माणिक २, मोतिको सेट ४, हिराको चुरा २, हिरा र पन्ना सेट छ । यी सबै पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।

बन तथा भु संरक्षण मन्त्री शंकर भण्डारीसँग सुन ४५ तोला र चाँदी ६० तोला छ । स्रोत पैतृक हो । सहकारी तथा गरिवी निवारणमन्त्री ह्दयराम थानीसँग सुन ६६ तोला र ३ किलो चाँदी छ । उनको स्रोत पनि पैतृक र दाइजो हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell