PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​प्रिमियर लिग : जितसँगै चेल्सीलाई ६ अंकको अग्रता, लिभरपुल, म्यान सिटी र युनाइटेडको पनि जित



पहिलोपोस्ट

​प्रिमियर लिग : जितसँगै चेल्सीलाई ६ अंकको अग्रता, लिभरपुल, म्यान सिटी र युनाइटेडको पनि जित

लिग लिडर चेल्सीले प्रिमियर लिगको अंक तालिकामा ६ अंकको अग्रता कायम गरेको छ। गएराती भएको खेलमा सण्डरल्याण्डलाई १-० ले पराजित गर्दै चेल्सीले लिभरपुल र आर्सनल माथि ६ अंकको अन्तर बनाएको हो। 

चेल्सीलाई यस सिजन लगातार दशौं जित दिलाउन क्रममा सेस फाब्रेगासले ४० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितपछि चेल्सीको १६ खेबलाट ४० अंक भएको छ।

लिभरपुल पनि मिडल्स्ब्रोलाई ३-० ले हराउँदै दोस्रो स्थानमा उक्लेको छ। लिभरपुलको जितमा एडनान लालानाले २ तथा डिभोक ओरिगीले १ गोल गरे। १६ खेलबाट आर्सनल समान ३४ अंक जोडेको लिभरपुल गोल अन्तरमा अगाडी रहादै दोस्रो स्थानमा उक्लेको हो।

यस्तै म्यानचेष्टर सिटी वाटफोर्डलाई २-० ले पराजित गर्दै चौथो स्थान कायम राखेको जित छ। सिटीलाई जित दिलाउन पाब्लो जाबालेटा र डेभिड शिल्भाले गोल गरे। जितपछि सिछीको ३३ अंक भएको छ। जुन लिग लिडर चेल्सी भन्दा ७ अंकले पछि हो।

अर्को खेलमा टोटनहमले हल सिटीलाई ३-० ले हरायो। लण्डन टोलीके जितमा क्रिस्टियन एरिक्सनले २ तथा भिक्वर वानयमाले १ गोल गरे।
यता खेल सकिन दुई मिनेट बाँकी छँदा ज्लाटन इब्राहिमोभिकले गोल गरेपनि म्यानचेष्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको छ। यसअघि पउल पोग्वाले गोल गर्दै युनाइेटडलाई अग्रता दिलाएका थिए भने जेम्स म्याकआर्थरले प्यालेसका लागि बराबरी गोल फर्काएका थिए।
जितसँगै टोटनहम ३० अंकका साथ पाँचौं तथा २७ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ। 

यस्तै जोस सालोमन राण्डनको ह्याट्रिक मद्वतमा वेष्टब्रोमिच अल्विओन स्वान्से सिटीलाई ३-१ ले पराजित गर्दै सातौं स्थानमा उक्लेको छ।

अन्य खेलमा वेष्टहमले बर्नलेलाई १-० ले पराजित गर्दा साउथह्याम्पटन र स्टोक सिटीले गोलरहित बराबरी खेलेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell