PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

रूख काट्ने क्रममा ढलेर किच्दा मृत्यु



पहिलोपोस्ट

राजविराज : सप्तरीको कटैयामा रूख ढाल्दा रुखले किचेर एकजना युवकको बुधबार मृत्यु भएको छ। मृत्यु हुनेमा कटैया–३ बस्ने ४० वर्षीय युवराज मण्डल रहेको प्रहरीले जनाएको छ।

आफ्नै घरको छेउमा रहेको बारीमा रूख काट्ने क्रममा रूख ढलेर किच्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell