PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

डुम्रे महोत्सवमा अएका भारतीय वृद्ध मृत अवस्थामा फेला



पहिलोपोस्ट

तनहुँ : तेस्रो डुम्रे सांस्कृतिक महोत्सवमा पिङ राख्न आएका एक भारतीय वृद्ध बुधबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार भारतको अलिगढ जिल्ला सादगढी घर भएका ६० वर्षीय क्षेत्रपाल मृत अवस्थामा फेला परेका हुन्।
 
बन्दीपुर नगरपालिका–४ स्थित सांस्कृतिक भवनअगाडि सडक किनाराको नालामा मृत अवस्थामा फेला परेका वृद्धको दमौली अस्पतालमा शवपरीक्षण गरी आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। वृद्धको मृत्युको कारण खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell