
काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेट प्रतियोगिता आजबाट श्रीलंकामा सुरु हुँदैछ।
एसियाका ८ उत्कृष्ट युवा टीमको सहभागिता रहेको प्रतियोगितामा नेपालले आजै श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल कोलोम्वोस्थित नन्डेस्कृप्ट क्रिकेट क्लब ग्राउण्डमा नेपाली समय अनुसार सबा १० बजे सुरु हुनेछ।
नेपाल र आयोजक श्रीलंकासँगै समूह ए मा भारत र मलेसिया छन्। भारत र मलेसियाबीचको खेल पनि आजै कोलोम्वो क्रिकेट ग्राउण्डमा हुनेछ।
यस्तै समूह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन्।
नेपाली टोलीको कप्तनी युवा स्पिनर सन्दीप लामिछानेले सम्हाल्नेछन् भने प्रशिक्षकमा विनोद दास छन्। एसियाकपकका लागि पहिलो पटक नेपालबाट ट्यालेन्ट हण्ट प्रोग्राममार्फत खेलाडी छनोट गरिएको हो।
श्रीलंका प्रस्थान गर्नुअघि कप्तान र प्रशिक्षकहरुले आफुहरुको टार्गेट सेमिफाइनल पुग्नु रहेको बताएका थिए। यस्तै दासले आयोजक श्रीलंकालाई हराउन पनि आफुहरु सक्षम रहेको बताएका थिए।