काठमाडौं : संविधान संशोधन विधेयकमा असन्तुष्ट दलहरुले बिहीबारबाट चार दिनसम्मको लागि रोल्पा र प्युठान बन्दको आह्वान गरेका छन्।
आजबाट बन्द आह्वान गरिएकाले बिहानदेखि नै दुवै जिल्लामा सम्पूर्ण बजार, यातायात, शिक्षण संस्था, कलकारखाना बन्द छन्। प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्राउने गरी विधेयक दर्ता गराएको भन्दै दर्ताको दुई सातापछिबाट यी जिल्लामा आन्दोलनले अर्को रुप लिएको हो। रोल्पा-प्यूठान संयुक्त सङ्घर्ष समितिको बुधबार बसेको बैठकले बन्दको निर्णय गरेको थियो।
बिहानबाट नै विरोधका विभिन्न कार्यक्रम भएकाले सुरक्षाकर्मीहरु बाक्लो रुपमा खटाइएको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले पहिलोपोस्टलाई बताए।