PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

बस, माइक्रोबस, टेम्पोको झ्यालबाट फुत्त फोहर फ्याँके जरिवाना र नाम सार्वजनिक हुने



पहिलोपोस्ट

बस, माइक्रोबस, टेम्पोको झ्यालबाट फुत्त फोहर फ्याँके जरिवाना र नाम सार्वजनिक हुने

काठमाडौँ : बस, माइक्रोबस, टेम्पो, ट्याक्सी जस्ता सार्वजनिक सवारी साधनहरुका झ्यालबाट फुत्त बाहिर फोहर फ्याँक्नु अहिलेसम्म असभ्यता दर्शाउने व्यवहार मात्रै थियो। तर अब यो दण्डनीय अपराध हुने भएको छ। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज सार्वजनिक सवारीका साधनहरुबाट निस्कने फोहरमैला नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अपिल जारी गर्दै यस्तो चेतावनी दिएको हो। 

पुस १ गते शुक्रबारदेखि यसरी सार्वजनिक सवारी साधनको झ्यालबाट प्लास्टिकका बोटल, खानेकुराको अवशेष, प्लास्टिकका झोला, कागज आदि जथाभावी फ्याँके यात्रु, संस्था र सार्वजनिक यातायातका सञ्चालकहरुलाई जरिवाना र आवश्यक कारबाही गरी नामनामेसी समेत सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ। 

यससम्बन्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसित मंसिर १७ गते सहमति भइसकेको छ।  अब सार्वजनिक यातायातका साधनमा फोहर संकलनका लागि पोलिथिन थैलो वा डस्टबिन अनिवार्य राख्ने सञ्चालकहरुले गर्नुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell