
काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘धनपति’को नायिका फाइनल भएकी छिन्। 'धनपति' पात्रको भूमिका निर्वाह गर्न लागेका खगेन्द्र लामिछानेको पत्नीको भूमिकामा सुरक्षा पन्त देखिने भएकी हुन्।
फिल्म ‘अझै पनि’मा सह-नायिकाको रुपमा डेब्यु गरेकी सुरक्षाको यो दोस्रो प्रोजेक्ट हो। उनले साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्ममा पनि मुख्य अभिनेत्रीको रुपमा काम गर्ने पक्का भएको छ।
टुकी आर्टस् र खनालले निर्माण गर्न लगेको ‘धनपति’ माघको पहिलो हप्ताबाट सुटिङको लागि फ्लोरमा जाँदै छ।
निरज कँडेलको छायांकन रहने फिल्ममा खगेन्द्र र सुरक्षासँगै आशान्त शर्मा, हरिहर शर्मा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ।
मुख्य भूमिकामा रहने खगेन्द्र लामिछानेकै कथा, पटकथा एवं संवाद फिल्ममा छ।