PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

तोरीबारी रुँघ्न जाँदा हात्तीको आक्रमणबाट एकको मृत्यु



पहिलोपोस्ट

पर्सा : पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ।
 
वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको ज्यान गएको हो।
 
तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट हात्तीले आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 
पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्ती लगायतका जङ्गली जनावरको आक्रमणमा परी पर्साको ठोरी, निर्मलबस्ती लगायत वनसँग जोडिएका गाविसका दर्जानौँ बासिन्दाले बर्सेनि ज्यान गुमाउँदै आएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell