PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​यु १९ एसिया कप : श्रीलंकाद्वारा नेपाललाई २२८ रनको लक्ष्य प्रस्तुत



पहिलोपोस्ट

​यु १९ एसिया कप : श्रीलंकाद्वारा नेपाललाई २२८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : एसीसी युथ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध जितका लागि २२८ रनको लक्ष्य पाएको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो।

श्रीलंकाको लागि हासिथा बायोगाडाले सर्बाधिक ८३ रन बनाए। १०६ बल खेलेका उनले १२ चौका प्रहार गरे। त्यसबाहेक कृसान सान्जुलाले २८ रन जोडे। 

नेपालको तर्फबाट कमल सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए। श्रीलंकाका २ खेलाडी रनआउट भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell