PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अरुको उत्पादन आफ्नो भन्दै बेचेपछि रामदेवको पतञ्जलीलाई ११ लाख जरीवानाको फैसला



पहिलोपोस्ट

अरुको उत्पादन आफ्नो भन्दै बेचेपछि रामदेवको पतञ्जलीलाई ११ लाख जरीवानाको फैसला

हरिद्वार : योगगुरु बाबा रामदेवको कम्पनीलाई गलत तरिकाले उत्पादनको प्रचारप्रसार गरेको अभियोगमा अदालतले जरिवाना तिराउने फैसला गरेको छ।
 
सिटी कोर्टले पतन्जलीलाई ११ लाख भारु जरिवाना एक महिनाभित्र भुक्तान गरिसक्न आदेश दिएको हो। अरुका उत्पादनलाई गलत देखाएर आफ्ना उत्पादनहरुको बढाइचढाइ प्रचारप्रसार गरेको आरोप पुष्टि भएपछि जरिवाना गरिएको हो।
 
साथै अरु कम्पनीले उत्पादन गरेको बस्तुहरुलाई आफ्नो मार्का लगाएर पतञ्जलीले बिक्री गरिरहेको पनि अदालतबाट पुष्टि भएको छ। रामदेवको उत्पादनले अरुको उत्पादनमा आफ्नो मार्का लगाएर गलत विज्ञापन गर्दै बिक्री गरेको थियो।
 
अदालतले खाद्य सुरक्षा विभागलाई आगामी दिनमा पतञ्जलीको गल्ती दोहोरिए कडा कारबाही गर्न निर्देशन समेत दिएको छ। पतञ्जलीले वार्षिक ५ हजार करोडको कारोबार गर्छ। आगामी वर्ष १० हजार करोडको कारोबार गर्ने लक्ष्य छ।
 
विभागले गरेको नमुना परिक्षणमा बेसार, नुन, तोरीको तेल, जाम र बेसनको पिठोमा पनि गुणस्तर नभएको पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell