PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

भवन भत्किँदा मुम्बईमा ३ जनाको ज्यान गयो, १२ जना घाइते



पहिलोपोस्ट

भवन भत्किँदा मुम्बईमा ३ जनाको ज्यान गयो, १२ जना घाइते

नयाँदिल्ली : भारतको मुम्बईमा बिहीबार एउटा भवन भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। घटनामा १२ जनाभन्दा बढी घाइते भएका छन्।
 
बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किँदा सो घटना भएको हो। त्यहाँ तीन जनाको शव भेटिएको र घाइतेहरुलाई तत्काल अस्पताल लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
 
स्थानीय टेलिभिजन च्यानलहरुले उद्धारकर्ताहरुले उद्धार गर्दै गरेको अवस्थाका दृश्यहरु देखाएका छन्। घटनाको कारण बारेमा प्रारम्भिक अध्ययन गर्दा घर निर्माणमा नै कमजोरी देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। भारतमा कमजोर संरचनाको कारण बारम्बार यस्ता दुर्घटना धेरै हुने गरेको पाइन्छ।एजेन्सी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell