PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

संशोधन प्रस्तावको विरोध : पूर्वमा हड्ताल, अर्घाखाँची अनिश्चित, रोल्पा-प्युठानमा चारदिने बन्द



पहिलोपोस्ट

संशोधन प्रस्तावको विरोध : पूर्वमा हड्ताल, अर्घाखाँची अनिश्चित, रोल्पा-प्युठानमा चारदिने बन्द

काठमाडौं : संविधान संशोधन प्रस्तावको विरोधमा देशका विभिन्न जिल्लामा बन्द हडताल आह्वान गरिँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ।
 
पूर्वमा आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बुवान पार्टी नेपालले आज अरुणपूर्वका ९ जिल्लमा आमहडताल गरेको छ। जसका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन्।
 
प्रदेश नं ५ लाई टुक्र्याउने भएपछि झापा, मोरङ सुनसरीलाई पनि टुक्र्याउने षडयन्त्र भइरहेको पार्टीको भनाइ छ। संविधान संशोधनमार्फत पूर्वी नेपालका ९ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने उसको माग छ।
 

अर्घाखाँची अनिश्चित

अर्घाखाँचीमा भने आजदेखि अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। बन्दका करण जिल्लाका सम्पूर्ण कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन्। सन्धिखर्कमा आज दिउँसो हुने विरोधसभामा नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, नेकपा (एमाले) का नेता दलबहादुर राना, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए।
 

रोल्पा-प्युठानमा चारदिने बन्द

संविधान संशोधन विधेयकमा असन्तुष्ट दलहरुले बिहीबारबाट चार दिनसम्मको लागि रोल्पा र प्युठान बन्दको आह्वान गरेका छन्।
 
आजबाट बन्द आह्वान गरिएकाले बिहानदेखि नै दुवै जिल्लामा सम्पूर्ण बजार, यातायात, शिक्षण संस्था, कलकारखाना बन्द छन्। प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्राउने गरी विधेयक दर्ता गराएको भन्दै दर्ताको दुई सातापछिबाट यी जिल्लामा आन्दोलनले अर्को रुप लिएको हो। रोल्पा-प्यूठान संयुक्त सङ्घर्ष समितिको बुधबार बसेको बैठकले बन्दको निर्णय गरेको थियो।
 
बिहानबाट नै विरोधका विभिन्न कार्यक्रम भएकाले सुरक्षाकर्मीहरु बाक्लो रुपमा खटाइएको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले पहिलोपोस्टलाई बताए। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell