PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

उद्योगमन्त्रीको निर्देशन- 'कागजात पुगेका उद्योग ३० घन्टाभित्र दर्ता गरिसक्नू'



पहिलोपोस्ट

उद्योगमन्त्रीको निर्देशन- 'कागजात पुगेका उद्योग ३० घन्टाभित्र दर्ता गरिसक्नू'

काठमाडौँ : उद्योगमन्त्री नवीन्द्रराज जोशीले कागजपत्र पुगेका उद्योगलाई बढीमा ३० घण्टाभित्र दर्ता गरिसक्न उद्योग विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। कागजपत्र पुगेको अवस्थामा अधिकतम ३० घण्टाभित्र पनि उद्योग दर्ता नभए कर्मचारीलाई कारबाही गर्ने मन्त्री जोशीले चेतावनी दिए।
 
‘कागजात नपुगेको रहेछ भने केके पुगेन प्रस्ट खुलाएर सेवाग्राहीलाई भनिदिनुपर्‍यो,’ विभागको स्थलगत निरीक्षणका क्रममा बिहीबार उनले भने। त्यस्तै वैदेशिक लगानी भएका उद्योग बढीमा एक साताभित्र दर्ता गरिसक्न पनि मन्त्रीले निर्देशन दिए।
 
विभागले तीन करोड लगानीसम्मका उद्योग दर्ता गर्न तीनदिन लाग्ने बताउँदै आएको छ।
 
उद्योग विभागलाई चाँडै अटोमेसन प्रविधिमा लैजाने र त्यसपछि उद्योग दर्ताको समय अझै छोट्टिने मन्त्री जोशीको भनाइ छ।  
 
विभागले माघ एक गतेदेखि उद्योगका सबै काम अनलाइनबाट सुरु गर्ने गरी काम अघि बढेको जनाएको छ। त्यसका लागि नेपाल राष्ट्र बैङ्कसँग अनलाइन पेमेन्ट गेटवे बारे पनि छलफल भइरहेको मन्त्री जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell