PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एक हप्तादेखि ताला लागेको घरमा आगलागी



पहिलोपोस्ट

एक हप्तादेखि ताला लागेको घरमा आगलागी

सोलुखुम्बु : जिल्लाको लोखिम–५ स्थित बृखबहादुर तामाङको घरमा गएराति आगलागी हुँदा रु एक लाख ६० हजारभन्दा बढी धनमाल र केही पुराना बहुमूल्य सामग्री जलेर नष्ट भएको छ।
 
घरमा एक्लै बस्दै आएका तामाङ बिरामी परेपछि एक हप्तादेखि कान्छो छोराको घरमा बस्दै आएकाले आगलागीको कारण भने खुल्न नसकेको छिमेकी राजवीर तामाङले जानकारी दिए।
 
आज बिहान घटनास्थल पुगेको प्रहरीले घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत गरी रु एक लाख ६० हजार बढी धनमाल र केही पुराना पैसा क्षति भएको मुचुल्का तयार गरेको हो। पीडित तामाङका अनुसार घरमा कुनै पनि विद्युतीय सामग्रीसमेत नभएको र हप्ता दिनदेखि आगो बालेको पनि थिएन। आफूसँग पुराना बहुमूल्य पैसा लगायतका सामान रहेकाले कसैले चोरी गरेर आगलागी गरेको हुन सक्ने तामाङको आशङ्का छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell