PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गोपाल किराँतीको चेतावनी- ‘पुरानै संरचनामा निर्वाचन गरिए बहिष्कार’



पहिलोपोस्ट

गोपाल किराँतीको चेतावनी- ‘पुरानै संरचनामा निर्वाचन गरिए बहिष्कार’

विराटनगर : नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पुरानै संरचनामा गराइने स्थानीय निकायको निर्वाचन अस्वीकार गर्ने बताएका छन्।
 
प्रेस सेन्टर नेपाल मोरङ शाखाले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पुनःसंरचना आयोगले बुझाउन लागेको नयाँ संरचनागत प्रतिवेदनको आधारमा निर्वाचन गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए।
 
नेपाली कांग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउन उद्यत रहेको उनको आरोप छ। मधेसी मोर्चा समेत अरु दलसँग लचक भएको आश्चर्य लागेको भन्दै नेता किरातीले पुरानो संरचनामा निर्वाचन गर्नु भनेको पुन: पुरानै व्यवस्थामा फर्कनुजस्तै हुने तर्क गरे।
 
केही दिनअघि सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुरानै संरचनामा भए पनि निर्वाचन गर्ने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell