PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

अब राजमार्गछेउ मदिरा पसल राख्न नपाइने, सर्वोच्च अदालतको यस्तो आदेश



पहिलोपोस्ट

अब राजमार्गछेउ मदिरा पसल राख्न नपाइने, सर्वोच्च अदालतको यस्तो आदेश

नयाँदिल्ली : भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ।
 
राजमार्गको छेउछाउमा मादक पदार्थको बेचबिखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन्।
 
भारतका प्रधानन्यायाधीश टी एस ठाकुरको इजलासले कुनै पनि राष्ट्रिय वा प्रदेशस्तरीय राजमार्गका छेउछाउमा मदिरा पसल राख्न नदिन र यसअघि अनुमतिपत्र लिएकाहरुको पनि नवीकरण नगर्न आदेश दिइएको हो।
 
यद्यपि आउँदो वर्षको अप्रिल १ तारिखदेखि आदेश कार्यान्वयनमा ल्याउन पनि अदालतले प्रष्ट पारेको छ।
 
अदालतले मादक पदार्थको नयाँ पसल राजमार्गदेखि ५ सय मिटरभन्दा टाढा राख्न र राजमार्ग छेउछाउमा रहेका होडिङ बोर्डहरु तत्काल हटाउन पनि आदेश दिएको छ।
 
भारत विश्वमै सबैभन्दा धेरै सवारी दुर्घटना हुने देशमा पर्छ। एक तथ्याङ्कअनुसार भारतमा सवारी दुर्घटनाका कारण बर्सेनि १३ लाख जनाको मृत्यु हुने गरेको छ।
 
अधिकांश दुर्घटना सडकको दुरवस्था, मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने र तीव्र गतिका हुने गरेको अधिकारीले बताएका छन्।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell