PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

संशोधन विधेयक फिर्ता गर्न आग्रह गर्दै नेता केसीले भने- 'पारितै हुँदैन'



पहिलोपोस्ट

संशोधन विधेयक फिर्ता गर्न आग्रह गर्दै नेता केसीले भने- 'पारितै हुँदैन'

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
 
प्रगतिशील पत्रकार सङ्घले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले विधेयक पारित नहुने भएकाले फिर्ता लिन जिकिर गरे। ‘संविधान संशोधनको प्रस्ताव त्रुटिपूर्ण छ, यसलाई सच्चाउनुपर्छ,’ नेता केसीले भने, ‘सरकारले यसलाई तुरुन्त फिर्ता लिओस्, नत्र मुलुक झन सङ्कटमा फस्छ।’ विधेयकमा समावेश भएका बुँदाले राष्ट्रियता कमजोर पार्ने तर्क गर्दै उनले त्यसलाई जनताले अस्वीकार गर्ने बताए।
 
संशोधनमा उल्लेखित प्रदेश नं ५ को विभाजन, अङ्गीकृत नागरिकता, भाषा लगायतका विषयले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्ने उनको भनाइ छ। आफू र आफ्नो पार्टी सङ्घीयता खारेजीको मुद्दामा अडिग रहेको र अन्य दल पनि सङ्घीय प्रणालीमा निर्वाचन गर्न असम्भव देखेपछि पुरानै संरचनामा फर्कन सहमत भएको उनले बताए।
 
‘हामीले विगत आठ वर्षदेखि सङ्घीयता विरोधी आन्दोलन चलाइरहेका छौँ, नेपाली जनताले सङ्घीयता चाहँदैनन् भन्ने कुरा प्रदेश नं ५ को आन्दोलनले प्रमाणित गरेको छ,’ नेता केसीले भने।
 
आफूहरु सङ्घीयता नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको पक्षमा रहेको पनि उनले प्रस्ट पारे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell