PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

​सांसदले दिए क्याम्पसलाई १ करोड १२ लाख रुपैयाँ



पहिलोपोस्ट

कैलाली : कैलाली जिल्लामा रहेका चारवटा क्याम्पसलाई जिल्लाका सांसदहरुले एक करोड १२ लाख रुपैयाँ सहयोग गरेका छन्।

धनगढीको कैलाली बहुमुखी क्याम्पसलाई नेपाली कांग्रेसका सांसद पुस्करनाथ ओझाले ४० लाख रुपैयाँ सहयोग गरेका छन्। वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई पनि ४० लाख रुपैयाँ नै सहयोग गरेका छन्।

नेकपा एमालेका सांसद मोहन सिंह राठौरले लम्की बहुमुखी क्याम्पसलाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। त्यसै गरी टिकापुरमा रहेको वीरेन्द्र बहुमुखि क्याम्पसलाई माओवादी केन्द्रका सांसद हरि ज्ञावलीले १२ लाख रुपैयाँ सहयोग गरेका छन्।

उनीहरुले सांसद विकास कोसको रकम आ-आफ्नो निर्वाचन क्षेत्रमा सहयोग गरेको घोडाघोडी बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद भट्टराईले पहिलोपोस्टलाई जानकारी दिए। सुदूर पश्चिमबाट एकमात्र निर्वाचन क्षेत्र कैलाली ४ मा विजय पाएको माओवादी केन्द्रका सांसद तथा कृषि विकास मन्त्री गौरीशंकर चौधरीले घोडाघोडी वा खप्तड बहुमुखी क्याम्पसमा सहयोगको आशा गरे पनि आफूहरु भने निराश भएको भट्टराईले बताए। सहयोग गर्ने सांसदहरुलाई विशेष कार्यक्रमबीच सम्मान गरिने पनि उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell