PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

सलमानलाई पछि पार्दै गुगल टप सेलिब्रेटी लिस्टमा सुशान्त सिंह राजपुत



पहिलोपोस्ट

सलमानलाई पछि पार्दै गुगल टप सेलिब्रेटी लिस्टमा सुशान्त सिंह राजपुत

बलिउडमा टप सेलिब्रेटिको लिस्टमा प्राय सुपरस्टार खानहरुको नाम आउँछ। तर २०१६मा भने सुशान्त सिंह राजपुतले स्टार खानहरुलाई पछी पारेका छन्। गुगलको टप ट्रेन्डिङ सेलिब्रेटिको लिस्टमा राजपुत अगाडी आएका हुन्।

सुशान्तले २०१६मा टप क्रिकेटर एमएस धोनीको जीवन कथामा आधारित फिल्ममा धोनिको भूमिका निर्वाह गरेका थिए।
सोही भूमिका निभाएकै कारण उनि टपमा आएका हुन त?

अंकिता लोकन्देसँगको ब्रेकअप देखी फिल्मले बक्स अफिसमा बनाएको रेकर्डको बहाना उनि पटक पटक मिडियाको गसिप विषय बने। लगत्तै 'राबता 'अभिनेत्री कृति सनोनसँगको अफेयरको हल्लाले पनि सुसान्त समाचारमा आएका थिए। रणबिर सिंह निश्चित हुनु अघि फिल्म बेफिक्रीमा राजपुत देखिने हल्ला थियो। हल्लाकै भरमा सुसान्त केहि समय फिल्मसँग जोडिएका गसिपमा पनि अटाएका थिए। यस्ता विभिन्न कारणहरु हुन सक्छन् जसले सुसान्तलाई गुगल सेलिब्रेटी ट्रेन्डिङको टपमा लिस्टमा पुर्‍यायो।

सुशान्तले सलमान खान, रणबिर सिंहलाई पछि पार्दै आफ्नो नाम टप लिस्टमा दर्ता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell