
काठमाडौं :मलाई एकजनाले नराम्रो संगठग्यो, उजुरी दिनुपर्यो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लर नम्वर ३ का प्रहरी अधिकारीले अगाडि हेरे । उजुरीकर्ता प्रहरी पोशाकमै थिए ।
उजुरी लिएर आएका ब्यक्ति थिए महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत असइ धनबहादुर थापा ।
उजुरी लिन वसेका प्रहरीको चासो बढ्यो । कसले ठग्यो ?
नेपाल प्रहरीमा कार्यरत धनबहादुरको भेट जव जग्गा कारोवारी धनबहादुर लामासँग हुन्छ ठगीको यात्रा त्यहीबाट शुरु हुन्छ । नाम एकै भएकाले लामाले उनीसँग साइनो जोडिहाल्छन् मितको ।
मितज्युबाट शुरु भएको दुबैको सम्बन्ध केही समयमै निकट हुन्छ । असइ धनबहादुर सञ्चय कोषमा भएको पैसा निकालेर परिवारको छानो बनाउने जग्गाको खोजीमा हुन्छन् । तर आफूसँग भएको पैसा अनुसारको जग्गा पाउनेमा उनमा शंकै थियो ।
कुरै कुरामा जग्गा कारोवारी मितले ललितपुरमा ४ आना जग्गा रहेको र आनाको ३ लाखमा दिन खोजेको बताए पनि प्रहरी धनबहादुरको ध्यान त्यतै तानिन्छ । १२ लाखमा जग्गा पाए किन्ने सुरमा थिए उनी ।
‘जग्गा सस्तो लाग्यो आफु सित पनि अलिकति पैसा थियो किन्नुपर्यो भनेर प्रकृया अघि बढाए ’ महाशाखामा भेटिएका उनले पहिलोपोष्टसँग भने ।
उनले मितज्युलाई ललितपुरको जग्गा आफूले किन्ने बताए । मित नि मक्खै । उनले खोला किनार भए पनि जग्गा राम्रो भएको बताउँदै चांडै बैना गर्न आग्रह गरे ।
मितको आग्रह अनुसार उनले हतार हतार संञ्चयकोषमा रहेको ९ लाख ५० हजार रुपैंया निकालेर ९ लाख ५० हजार बैना दिइहाल्छन् । बैना पाएका मितले केही दिनमै जग्गा पास हुन्छ भन्दै हिडे । यता असइ धनबहादुर जग्गा पास हुने आशमा बसे ।
बैनाको पैसा लिएपछि मितज्यु हराए । उनको मनमा चिसो पस्छ र बैना दिएको जग्गाको अवस्था हेर्न ललितपुर पुग्छन् । उनी ललितपुर पुग्दा जग्गा अर्कैले किनिसकेको खुलेपछी बल्ल उनी आफु ठगिएको पत्तो पाउँछन् ।
उनै धनबहादुर आफ्ना मित धनबहादुर विरुद्ध महाशाखामा उजुरी दिन आइपुगेका थिए ।
‘के गर्ने पहिला आफैंले विश्वास गरियो, अहिले धोका पाइयो,’ मिहेनतले जोडेको रुपैंया जोखिममा परेकोमा निक्कै चिन्तित थिए उनी ।
तस्विर:www.publicdomainvectors.org