PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

करिष्मा मानन्धरलाई हरितारा चलचित्र पुरस्कार



पहिलोपोस्ट

करिष्मा मानन्धरलाई हरितारा चलचित्र पुरस्कार

काठमाडौँ : कलाकारिता क्षेत्रबाट चलचित्र क्षेत्रमा योगदान पु¥याएबापत तीन कलाकारले ‘हरितारा चलचित्र पुरस्कार’ पाएका छन् । 

नायिका करिष्मा मानन्धरलाई ‘हरितारा चलचित्र पुरस्कार–२०७२’ तथा चलचित्र पत्रकार शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कार–२०७३’ बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही २५ हजार रुपैंया रहेको छ । 
     
कला क्षेत्रमा काम गर्ने कलाकारलाई २०५२ सालदेखि सो पुरस्कार प्रदान गरिँदै आइरहेको छ । 
    
यसैगरी ‘दुर्गादेवी पुण्य निरौला चलचित्र स्मृति पुरस्कार’ निर्देशक तथा कलाकार सुभाष गजुरेललाई प्रदान गरिएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell