35.jpg)
काठमाडौं : श्रीलंकामा भइरहेको एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ।
सेमिफाइनल पुग्ने लक्ष्यका साथ श्रीलंका पुगेको नेपाल पहिलो खेलमै विहिबार आयोजकसँग १ रनले पराजित भएपछि दबाब बढेको छ।
तर छनोट प्रतियोगिता बिना नै र छोटो तयारीमै एसिया कप खेल्न पुगेको नेपाली युवा टोलीले पहिलो खेलमा श्रीलंका विरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो। खेल जित्न नसकेपनि नेपाली टोलीले प्रभावशाली प्रदर्शन गर्यो।
समूह ए मा रहेको नेपालले अब सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न भारतलाई हराउनैपर्ने हुन्छ। यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियासँग खेल्नेछ।
भारतले पहिलो खेलमा मलेसियालाई २३५ रनको फराकिलो अन्तरले पराजित गरिसकेको छ।
नेपाल र भारत यसअघिको युथ एसिया कपको दुवै संस्करणमा एउटै समूहमा परेका थिए।
सन् २०१२ मा मलेसियामा भएको पहिलो संस्करणमा नेपाल समूह चरणमा भारतसँग डिएल मेथडमा ८१ रनले पराजित भएको थियो। यस्तै सन् २०१३ मा नेपाल भारतसँग ९ विकेटले हारेको थियो।