PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ट्रयाक्टरको ठक्करबाट हिँडिरहेकी ८ वर्षीया बालिकाको मृत्यु



पहिलोपोस्ट

बैतडी : ट्याक्टरले किच्दा अछाममा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिए।
 
कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा उनको ज्यान गएको हो। ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell