PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

५ नम्बर प्रदेश टुक्र्याउन लागिएको भन्दै पाल्पामा दुईदिने आमहडताल



पहिलोपोस्ट

५ नम्बर प्रदेश टुक्र्याउन लागिएको भन्दै पाल्पामा दुईदिने आमहडताल

पाल्पा : ५ नम्बर प्रदेश टुक्रयाउन नहुने माग राख्दै पाल्पामा आह्वान गरिएको आमहडतालका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन्।
 
सङ्घर्ष समितिले शुक्रबार र शनिबार दुईदिने पाल्पा बन्दको आह्वान गरेको हो। यसअघि पनि मङ्सिर १४ देखि २५ गतेसम्मको लामोबन्दले जनजीवन कष्टकर बनेपछि बन्द फिर्ता लिइएको थियो।
 
पाल्पा जिल्लालाई तराईबाट अगल गरी प्रदेश नम्बर ४ मा राख्ने सरकारको प्रस्तावप्रति पाल्पाका नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा माले, राप्रपा, जनमोर्चा नेपाल लगायतका दल तथा पाल्पा उद्योग वाणिज्यसहितका सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन्।
 
नेकमा (एमाले) पाल्पाका अध्यक्ष नारायण आचार्यले सरकारले ५ नं प्रदेश विभाजन गर्ने प्रस्ताव फिर्ता नलिँदासम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए। आन्दोलनकारीले बिहीबार साँझ पाल्पा जिल्ला सदरमुकाम तानसेनसहितका स्थानमा ५ नम्बर प्रदेश विभाजन गर्न नहुने भन्ने नारा लगाउँदै मसाल जुलुस निकालेका थिए।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकमा प्रदेश ५ का ६ जिल्लालाई प्रदेश ४ मा सार्ने भएपछि सीमांकनको विषयलाई लिएर
आन्दोलन चर्किएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell