PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एनसेलको रोमिङमा ५ हजार तिरे एक जिबी डेटा प्याक, ट्रान्जिटमा इन्टरनेट



पहिलोपोस्ट

एनसेलको रोमिङमा ५ हजार तिरे एक जिबी डेटा प्याक, ट्रान्जिटमा इन्टरनेट

काठमाडौं : एनसेलले विदेश भ्रमणमा जाने ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई  सेवा सुरु गरेको छ।
 
साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले विदेश भ्रमणमा रहेका बेलामा प्रति एमबी ५ रुपैयाँसम्मको न्युन शुल्कमा डेटा लिन सक्नेछन्।
 
ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा डेटा सेवा पाउने जानकारी पनि कम्पनीले दिएको छ। शुक्रबारदेखि लागू हुने यो सेवामा ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ लिने ग्राहकले १५ सय रुपैयाँमा २५० एमबी डेटा र ५ हजार रुपैयाँमा एक जिबी डेटा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी रोमिङ ट्रान्जिट पास लिने ग्राहकले ५ सय रुपैयाँमा ट्रान्जिटमा रहेका बेला डेटा सेवा लिन सक्नेछन्।
 
साप्ताहिक रोमिङ् डेटा प्याक भारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्की लगायत ५० भन्दा बढी देशमा लागू हुनेछ। त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चीन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्की लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागू हुनेछ।
 
ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell