PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

अवैध सम्बन्ध राखी जन्मिएको शिशु हत्या गर्ने देवर-भाउजू थुनामा



पहिलोपोस्ट

अवैध सम्बन्ध राखी जन्मिएको शिशु हत्या गर्ने देवर-भाउजू थुनामा

फलेवास (पर्वत) : वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन्।
 
पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। ३१ वर्षीया मीना र विजयराज एकाघरका देवरभाउजू हुन्। मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
 
अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको आरोपित मीना र विजयराजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन्।
 
आरोपित मीनाका श्रीमान् कुलबहादुरले आफ्नै भाइ र श्रीमतीविरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत गत कात्तिक ४ गते किटानी जाहेरी दिएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell