काठमाडौं : धादिङको पृथ्वी राजमार्गमा पर्ने भुमिस्थान- ६ कोइराले भन्ने स्थानमा आज बिहान स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाएका तीन जनाकै पहिचान खुलेको छ। लमजुङबाट काठमाडौंं आइरहेको ग २ च ४५७२ नम्बरको जीप दुर्घटनामा परेको थियो।
मृतकहरुमा चालक लमजुङ गाउँसहरका २५ वर्षीय माधव धिताल, लमजुङ चण्डीस्थान-७ का ३१ वर्षीय विष्णुबहादुर राउत र लमजुङ बेसीसहर नगरपालिकाकी ३५ वर्षीया निर्मला भण्डारी रहेका छन्।
बाक्लो हुसु र यान्त्रिक गडबडीको कारण दुर्घटना भएको हुन सक्ने धादिङ जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी शरद खत्रीले जानकारी दिए।