PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

मुस्ताङका पूर्वराजा जिग्मेको उपचार क्रममा निधन



पहिलोपोस्ट

मुस्ताङका पूर्वराजा जिग्मेको उपचार क्रममा निधन

काठमाडौं : मुस्ताङका पूर्वराजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ।

चाबहिलस्थित ओम अस्पतालमा आज बिहान एक बजेतिर उनको निधन भएको अपतालका चिकित्सक लवनरसिंह जोशीले पहिलोपोस्टलाई जानकारी दिए। श्वासप्रस्वासमा समस्या देखिएपछि जिग्मेलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। छातीको संक्रमणले थलिएका उनमा पछिल्लो समय उच्च रक्तचाप र युरिक एसिडको समस्या थियो।

२०६२/०६३ सालको जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै आएका पूर्वराजा विष्टको उपाधि गणतन्त्रको कार्यान्वयनसँगै खोसिएको थियो। त्यसयता भने उनी निष्क्रिय थिए। 

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए। पूर्वरानी सिटोल पलबर विष्ट, पूर्वराजकुमार जिग्मे सिङ्गी पलबर विष्ट (अशोक), पूर्वराजकुमारी र नातिनातिनीसँग उनी केही वर्षदेखि मुस्ताङ छोडेर काठमाडौंको बौद्धमा बस्दै आएका थिए। (फोटो : mikeldunham)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell