
बालोन डे अरको अवार्ड जितेको एक साता नबित्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अर्को सफलता हात पारेका छन्।
जापानमा भइरहेको क्लब वर्ल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा क्लब अमेरिका विरुद्ध गोल गर्दै रोनाल्डोले क्लब करियरमा ५ सयौं गोल पुरा गरेका हुन्।
स्पानिस जायन्ट रियल मड्रिडलले २-० ले जितेको उक्त खेलमा रोनाल्डो र करिम बेन्जामाले १/१ गोल गरे। रोनाल्डोले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका हुन्। उनको गरेको गोल सुरुमा रेफ्रिले अफसाइड भएको भन्दै मान्यता नदिएपनि पछि भिडियो रिप्ले हेरेपनि गोलले मान्यता पाएको हो।
जितसँगै रियल क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश गरेको जहाँ रियलले उपाधिका जापानको जे लिग च्याम्पियन कसिमा एन्टलरसँग खेल्नेछ।
रोनाल्डोले रियलका लागि अहिलेसम्म ३७७ गोल गरेका छन्। यस्तै इंगलिस क्लब मयानचेष्टर युनाइेटडका लागि ११८ गोल गरेको रोनाल्डोले व्यावसायीक करियर सुरु गरेको पोर्चुजिग क्लबका लागि ५ गोल गरेका थिए।
यसक्रममा रोनाल्डोले सबैभनदा धेरै गोल स्पानिस क्लब सेभिया विरुद्ध गरेका छन्। उनले सेभिया विरुद्ध २२, गेटाफे विरुद्ध २०, एथलेटिको मड्रिड विरुद्ध १८, सेल्टाभिगो विरुद्ध १७ गोल गरेका छन्। यस्तै अर्को स्पानिस क्लब बार्सिलोना विरुद्ध पनि उनले १६ गोल गरिसकेका छन्।
प्रिमियर लिगमा युनाइटेडबाट खेल्दा रोनाल्डोले एस्टल भिल्ला विरु ९ गोल गरेका थिए। यस्तै रोनाल्डोले पोर्चुगलका लागि पनि ६८ गोल गरिसकेका छन्।