PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

फ्राइडे रिलिज : प्रचारबिनाका दुई फिल्म, प्रदर्शन भदौ भन्दै देखाइयो पुसमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : प्रचारबिनाका दुई फिल्म, प्रदर्शन भदौ भन्दै देखाइयो पुसमा

काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। 

प्रचारबिनै सार्वजनिक भएका 'प्रेमी' र 'तिमीबिना बाँच्नु छैन' सिंगल थिएटर मार्फत सार्वजनिक भए। दुई फिल्ममध्ये  प्रेमीले प्रचारका लागि काठमाडौंका सर्वजनिक भित्ताहरुमा पोस्टर त टाँसेको छ। तर ती पोस्टरमा रिलिज मिति भदौ १० गते उल्लेख गरिएको छ।

प्रेमकथामा आधारित भनिएको प्रेमीलाई विवेक थापाले निर्देशन गरेका हुन्। थापाकै कथामा तथा कृष्णश्री काफ्ले र काशीनाथ पन्थीको संयुक्त निर्माणमा बनेको फिल्ममा कपिल गैरे, सृजना ढकाल, निशान्त पाण्डे, काशीनाथ पन्थी, पशुपति नेपाल लगायतले अभियन गरेका छन्।
 
'तिमीबिना बाँच्नु छैन'मा भने आयुष रिजाल र नम्रता सापकोटाको मुख्य भूमिका छ।
  
बलिउडतर्फ नेपालका लागि 'वजाह तुम हो' प्रदर्शनमा आएको छ। रोमान्टिक ड्रामा भनिएको फिल्मलाई विशाल पाण्डेले निर्देशन गरेका हुन्। फिल्ममा सना खान, सरमान जोशी र गुरमित चौधरीको मुख्य अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell