PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

​युथ एसिया कप : नेपालले दियो भारतलाई १ सय ७३ रनको चुनौती



पहिलोपोस्ट

​युथ एसिया कप : नेपालले दियो भारतलाई १ सय ७३ रनको चुनौती

काठमाडौं : एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले भारतलाई १७३ रनको लक्ष्य दिएको छ। 

श्रीलंकाको कालोम्वोस्थित कोलोम्वो क्रिकेट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा १७२ रन बनाएको हो।

अन्तिम ओभरमा रोहित कुमार पौडेलले ३ चौका र २ छक्काको मद्वतमा २४ रन जोडेपछि नेपालले भारत विरुद्ध गतिलो स्कोर खडा गरेको हो।
४ खेलाडीले मा दोहोरो अंक छुन सकेको नेपाली इनिङमा रोहितले मात्र शर्धशतक पुरा गरे।

पहिलो खेलमा श्रीलंका विरुद्ध खेलेका कमल सिंह ऐरीको स्थानमा खेलेका रोहितले   ९३ बल खेल्दै ७ चौका र २ छक्काको मद्वतमा ६८ रन बनाए।
यस्तै श्रीलंका विरुद्ध ९० रन बनाएका दिपेन्द्र सिंह ऐरीले भारत विरुद्ध ६२ बल खेल्दै ४ चौकाको मद्वतमा ३४ रन जोडे। यसबाहेक ओपनर आसिफ शेखले १८ तथा विकेटकिपर प्रकाश केसीले १३ रन बनाए। ३२ बल खेलेका आसिफले २ चौका र १ छक्का प्रहार गरे। 

यस्तै सुभांकर उराउ ९ रन, ओपनर सन्दीप सुनार कप्तान सन्दीप लामिछाने समान ७ तथा पवन सराफ २ रन बनाएर आउट भए। 
आदि खान र भिम शार्कीले रनको खाता खोल्न सकेनन् भने नन्नदन यादव शुनयमा नटआउट रहे।

बलिङतर्फ भारतका राहुल चाहार एक्लैले ५ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell