PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

दरबार छोडेर काठमाडौं आएका 'राजा', जो घाम नउदाउँदै अस्ताएर गए



पहिलोपोस्ट

दरबार छोडेर काठमाडौं आएका 'राजा', जो घाम नउदाउँदै अस्ताएर गए

काठमाडौं : आज बिहान घाम नउदाउँदै मुस्ताङी जनतामाझ लोकप्रिय पूर्वराजा जिग्मे पलबर विष्ट अस्ताएका छन्।

चाबहिलस्थित ओम अस्पतालमा बिहान एक बजेतिर ८६ वर्षको उमेरमा उनको निधन भएको हो। पछिल्लो समय उच्च रक्तचाप र युरिक एसिडको समस्या थियो उनमा। श्वासप्रस्वासले पनि सताएपछि उनलाई मंगलबार अस्पताल पुर्‍याइयो। चार दिनको उपचारले पनि बचाउन नसकिएको चिकित्सक लवनरसिंह जोशीले पहिलोपोस्टलाई जानकारी दिएका छन्। 

२०६२/०६३ सालको जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै आएका पूर्वराजा विष्टको उपाधि गणतन्त्रको कार्यान्वयनसँगै खोसिएको थियो। त्यसयता भने उनी निष्क्रिय थिए। 

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए। पूर्वरानी सिटोल पलबर विष्ट, पूर्वराजकुमार जिग्मे सिङ्गी पलबर विष्ट (अशोक), पूर्वराजकुमारी र नातिनातिनीसँग उनी केही वर्षदेखि मुस्ताङ छोडेर काठमाडौंको बौद्धमा बस्दै आएका थिए। 

उपाधि खोसिएपछि लोमान्थाङस्थित ‘राजदरबार’ अहिले खाली छ। बिरामी भएपछि उनी उपल्लो मुस्ताङको सबैभन्दा ठूलो चाड तिजी पर्वमा दुई वर्षदेखि उपस्थित हुन सकेका थिएनन्।

देश गणतान्त्रिक भएपछि मुस्ताङी राजाको औपचारिक पदवी र उनले पाउने पाँच हजार रुपैयाँ भत्ता पनि खोसियो। त्यहाँका बासिन्दा जिग्मी पलवर विष्टलाई पूर्वराजा हैन, 'राजा' (स्थानीय भाषामा ग्याल्पो) नै भन्ने गर्थे। 
 
२०७२ चैत ११ गते मुस्ताङी राजामाथि पहिलोपोस्टले स्टोरी गरेको थियो। पढ्न यहाँ क्लिक गर्नुस्- तीन टुक्रा हुनै लागेको हिमाल पारीको काँचो माटोको दरबार यसरी 'भाग्यमानी' साबित भयो 

मुलुकमा गणतन्त्र आयो। शीरबाट ताजपोशहरु खोसिए। एकाएक राजाहरु रैति बने। काठमाडौंको नारायणहिटीमा धक्का लाग्यो। राजतन्त्रमाथि विषवमन कायमै थियो। एक दिन एकाएक काठमाडौंबाट उडेको हेलिकप्टर सोझियो ‘अपर’ मुस्ताङतिर। हेलिकप्टरमा थिए वामदेव गौतम। उनले सरकारी पत्र बोकेर गएका थिए जसमा भनिएको थियो– मुलुक अब गणतन्त्र भएको छ। तपाईँहरु अब राजा रहनुभएन। तपाईँको सुविधा काटियो।

मुस्ताङको उपल्लो भागमा कायम सांस्कृतिक राजदरबारका युवराज जिग्मे सिङ्वे पलवर बिष्टले के अनुभूति गरे होलान् त्यतिखेर?
उनीमाथि पनि हामीले स्टोरी गरेका थियौं, दुई वर्षअघि। पढ्नलाई यहाँ क्लिक गर्नुस्- पद खोसिएका युवराज भन्छन्- केही फरक भएको छैन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell